ललितपुरमा आगजनी भएका ११ प्रहरी इकाइ पुनर्स्थापना

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

ललितपुर जिल्लामा मंगलबार प्रदर्शनीका क्रममा आगजनी भएका ११ प्रहरी इकाइ पुनस्थापना गरिएका छन्। मंगलबार आगजनी भएका ११ प्रहरी कार्यालयहरु पुनर्स्थापना गरी नेपाली सेनाको नेतृत्वमा शान्ती सुरक्षाको प्रबन्ध मिलाइएको छ।

प्रहरी वृत्त सातदोबाटो र चापागाँउ, प्रहरी प्रभाग ईमाडोल, लुभु, मंगलबजार, सानेपा, पुल्चोक, लाकुरीभन्याङ, हनुमानस्थान, पाटनढोका र वडा प्रहरी कार्यालय लगनखेलको कार्यालय पुनर्स्थापना गरिएको हो।

सुझावित समाचार