विराटनगरमा कर्फ्यु तोडेर प्रदर्शन, कोशी प्रदेश सभा प्रवेश गर्न प्रहरीसँग पटकपटक झडप

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

प्रशासनले लगाएको कर्फ्यु तोडेर विराटनगरमा युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । विराटनगर महानगरको बरगाछीचाेक, तीनपैनीचाेक, देवकोटाचाेक, अस्पतालचाेक, महेन्द्रचाेकलगायतका विभिन्न स्थानमा युवाहरूले प्रधानमन्त्री केपी ओली र सरकार अनि राजनीतिक दलका पुराना नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। 

बिहानैदेखि विद्यार्थीहरूको हत्या गरेको भन्दै आक्रोशित बनेर प्रदर्शनमा उत्रिएका युवाहरूले विराटनगरमा प्रशासनले गरेको कर्फ्यु आदेश पनि उल्लंघन गरेका छन् । 

सुझावित समाचार