आगजनी र तोडफोडपछि धनगढीमा कर्फ्यु, परिस्थिति सुरक्षा नियन्त्रणबाहिर

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका प्रदर्शनकारीले ठाउँठाउँमा तोडफोड र आगजनी गरेपछि धनगढीमा कर्फ्यु लगाइएको छ। प्रदर्शनकारीले धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरी मुख्यमन्त्रीको गाडीमा तोडफोड गरेका छन्।

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा आगजनी गरेका छन्। आन्दोलनकारीले नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालय, एमालेको जिल्ला कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। धनगढीमा परिस्थिति सुरक्षा नियन्त्रणबाहिर गएको छ।
 

सुझावित समाचार