विराटनगरमा मंगलबार सबै विद्यालय बन्द

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले मंगलबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

जेएनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न सुरक्षाका लागि भन्दै विराटनगर महानगरपालिकाले मातहतका निजी , संस्थागत र  सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

महानगरपालिकाको निमित्त प्रसाशकीय अधिकृत रामप्रसाद ढुंगेलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै मंगलबार एक दिनका लागि विराटनगर महानगरभरिका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी गराएका छन ।

सुझावित समाचार