टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि विराटनगरको तीनपैनीमा स्थानीयले टिपरमा आगजनी गरेका छन् ।
सोमबार साँझ प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले सोहीदिशातर्फ जाँदै गरेको को२७प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका हुन् ।
प्रहरीले तत्कालै टिपरको आगो निभाएर चालक ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुशन्धान सुरु गरेका जनाएको छ ।