यो दसैँमा पनि नयाँ होइन, सुकिला नोट पाइने

२९ भदौदेखि १० असोजसम्म सुकिला नोट साट्न पाइने

सोमबार, १६ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा पनि नयाँ नोटको सटही सुविधा नदिने भएको छ । केन्द्रीय बैंकले यस वर्ष पनि गत वर्षमा जस्तै सुकिला नोटको सटही सुविधा दिने भएको हो । 

राष्ट्र बैंकले विगतका दसैँमा नयाँ नोटको सटही सुविधा दिने गरेको गरेको भए पनि गत वर्षदेखि सुकिला नोट दिन थालेको हो । यो वर्ष आगामी २९ भदौदेखि १० असोजसम्म नोटको सटही सुविधा दिने भन्दै राष्ट्र बैंकले आइतबार सूचना प्रकाशन गरेको छ । 

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)मा मुद्रा सटही सुविधा पाइनेछ । यस्तै, बैंक तथा संस्थाहरूमा गएर पनि नोट सटही सुविधा पाइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

सुझावित समाचार