कपिलवस्तुमा सुनचाँदी पसलबाट २२ लाखबराबरको धनमाल चोरी

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको वाणगंगा नगरपालिका–७, घेरवा बनगाईस्थित अर्घाखाँची सुपा देउराली सुनचाँदी पसलमा गएराति  चोरी भएको छ। पसल सञ्चालक केशव सुनारका अनुसार करिब ८ तोला सुन र ३ किलो चाँदीसहित करिब २२ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको छ।

बिहान पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि सुनारले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त गरेलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी टोली घटनास्थलमा पुगेको बताएको छ। इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताए।

प्रहरीले वरपरका सिसिटिभी फुटेज संकलन गरी विश्लेषण गर्ने, शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ गर्ने कार्यलाई तीव्रता दिएको छ।

सुझावित समाचार