एनआइएमबीले ६.२९ प्रतिशत व्याजदरमा गाडी कर्जा दिने

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकहरुले केबल ६.२९ प्रतिशत व्याजदरमा गाडी कर्जा लिन सक्ने बैंकले जनाएको छ। २०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी हुन उक्त दर निर्धारण भएको हो।

आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकहरुलाई थप सहजता हुने अपेक्षा गरेको बैंकले जनाएको छ।

सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ।
 

सुझावित समाचार