भारतीय विदेशसचिव मिश्री र प्रधानसेनापति सिग्देलबिच भेट

सोमबार, २ भदौ, २०८२
डिजिटल संस्करण

भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका छन् । 

उनले त्यसक्रममा हलुका वाहन, महत्त्वपूर्ण स्वास्थ्य उपचार उपकरण तथा सैन्य जनावर तालिमप्राप्त कुकुर र घोडा नेपाली सेनाको मुख्यालयमा हस्तान्तरण गरे ।

यी सामग्रीहरूको हस्तान्तरणले दुई सेनाबिचको घनिष्ट सम्बन्ध मजबुत बनाउनुका साथै रक्षा सहयोगलाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

‘यसले विश्वास र साझेदारीको भावनालाई अभिव्यक्त गर्दछ, जसले लामो समयदेखि हाम्रो स्थायी सम्बन्धकाे विशेषता प्रतिबिम्बित गर्छ,’ दूतावासले भनेको छ।

सुझावित समाचार