रासायनिक मलको आपूर्ति चुस्त बनाउने ठोस योजना तीन दिनभित्र ल्याउन प्रधानमन्त्रीको निर्देशन

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन निर्देशन दिएका छन्।

मंगलबार सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिका लागि तीन दिनिभित्र सम्पादन गर्ने गरी तीनबुँदे निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत निर्देशन दिएका छन्।

सुझावित समाचार