इन्नोभिस्टा २०२५ सुरु : फुटबल खेल्ने रोबर्टदेखि साइबर सेक्युरिटी र एआईसम्मका ५० परियोजना

शुक्रबार, २३ साउन, २०८२
डिजिटल संस्करण

टेक एवं  बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । काठमाडौंको थापागाउँ, बानेश्वरमा सञ्चालित प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी  साउन २५ सम्म चल्नेछ ।

कार्यक्रमले विद्यार्थीको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सिपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। कृत्रिम बुद्धिमत्ता एआई, रोबोटिक्स, इन्टरनेट अफ थिंग्स आइओटी, साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लब गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहेका छन्।

यो कार्यक्रम प्लस २ उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटीमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ। प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क  छ। 

यो इभेन्टमा बिएससी आइटीका अन्तिम वर्षका विद्यार्थीले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्।

प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स फुटबल खेल्ने रोबोट, डान्सिङ रोबट गीतमा नाच्ने, इमोसन डिटेक्सन सिस्टम एआईद्वारा अनुहारको भावना पत्ता लगाएर संगीत सिफारिस गर्ने, डाँफे अपरेटिङ सिस्टम, इभी बाइक, स्मार्ट होम सिस्टम ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली, भूकम्प तथा बाढीपहिरोको सूचना दिने प्रणालीलगायत रहेका छन्। 

सुझावित समाचार