बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एकै दिन चार विधेयक प्रमाणीकरण

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार एकै दिन चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । देवकोटाले प्रमाणीकरण गरेका विधेयकहरू औद्योगिक व्यवसाय, व्यापार, स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृषि विकाससम्बन्धी विधेयकहरू रहेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दे प्रदेश प्रमुख देवकोटाबाट प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । यी विधेयकहरू प्रदेश सभाबाट विभिन्न समयमा पारित भएपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यलयमा पेस गरिएका थिए ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संविधानको धारा २०१ को उपधारा (२) तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकलाई नेपालको संविधानको २०१ कै उपधारा (४) अनुसार प्रमाणीकरण गरेका जनाइएको छ ।

 

सुझावित समाचार