चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । ०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, ०८२ असार २८ गते लोकतन्त्रकलीले वेदगज, असार ३० गते तीर्थमानकलीले विभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।
निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् । हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए ।
अहिले खोरसोरमा रहेका ६ वटा छावालाई तालिम दिइएको छ भने सातवटालाई तालिम दिन बाँकी रहेका छन् । अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती रहेका छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारान विधिपूर्वक गरिने गरिन्छ ।
प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षापोस्टमा पठाउने गरिन्छ ।
पाँच महिनामा चार हात्तीले जन्माए छावा
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्
१ हप्ता अघि
सुझावित समाचार
एनटिसीको अन्तर्राष्ट्रिय कलको पल्स दर परिमार्जन, अब सबै देशमा ६० सेकेन्ड कायम
काठमाडौं/ नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि परिमार्जन गर…
स्वास्थ्य कार्यालय कैलाली कार्य सम्पादनमा प्रदेशभरिमै उत्कृष्ट
धनगढी । स्वास्थ्य कार्यालय कैलाली कार्य सम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट बनेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देश…
नेपाल–भारतबिचको सम्बन्ध युगसापेक्ष बनाउन दूरगामी छलफल भयो : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शताब्दीऔँ पुरानो नेपाल–भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष…
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबिच शिष्टाचार भेट
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री …
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति
काठमाडौं । काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन नेपाल र भारतीय प्रधानमन्त्रीबिच सहमत…
नेपाल–भारत सीमा विवादबारे छलफल गर्न परराष्ट्रसचिवहरूलाई निर्देशन
काठमाडाैं । नेपाल–भारत सीमा विवादबारे छलफल गर्न दुवै देशका परराष्ट्रसचिवहरूलाई निर्देशन दिइएको छ। नेपालका प्रधानमन्त्…