ट्राफिक चेकिङको नाममा ब्रह्मलुट भइरहेको छ : सांसद गौतम

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद संजय गौतमले ट्राफिक चेकिङको नाममा ब्रह्मलुट भइरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा गौतमले जनता आतंकित भइरहेकाे भन्दै सरकारको ध्यानाकर्षण गराए।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सडकमा डिभाइडर र ट्राफिक चेकिङको आतंक व्याप्त रहेको उनको भनाइ छ। डिभाइडरले सडकलाई कुरूप बनाउनुका साथै दुर्घटना बढाइरहेको गौतमले बताए।

‘जहाँ हेर्यो त्यहाँ डिभाइडर। सडकलाई कुरूप पनि बनाएको छ, दुर्घटना घटाएको छैन बढाइरहेको छ। यो आतंकबाट नेपाली जनतालाई मुक्ति दिनुपर्यो,’ उनले भने, ‘अर्को ट्राफिक आतंक छ। हरेक १० कदममा ट्राफिक चेकिङको नाममा ब्रह्मलुट भइरहेको छ। जनता आतंकित छन्। सरकार यसमा गम्भीर बनोस्।’

सुझावित समाचार