नेपालगन्जबाट रुकुम चौरजहारी जाँदै गरेको हायस गाडी सल्यानमा दुर्घटना, चालकसहित एक दर्जन यात्रु घाइते

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको हायस गाडी दुर्घटना भएको छ । बिहीबार दिउँसो सल्यानको कुमाख गाउँपालिका– २ नेटानजिकै भे.१ख ३९९६ नम्बरको हायस दुर्घटना भएको हो । 

नेटानजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहेका यात्री ओम केसीले जानकारी दिए । उनका अनुसार गाडीचालक पारस आचार्यसहित करिब एक दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । 

इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबरलगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको बताए । दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको छ । अहिले स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।
 

सुझावित समाचार