बबई सिँचाइ आयोजनाको नहरमा बालकको शब फेला

बिहिबार, २ साउन, २०८२
डिजिटल संस्करण


बर्दियामा रहेको बबई सिँचाइ आयोजना नहरमा एक बालकको शब फेला परेको छ । बारबर्दिया नगरपालिका–३ का १४ वर्षीय यशकुमार थारूको शब फेला परेको हो । 

बिहीबार बिहान ११ बजे  बारबर्दिया नगरपालिका–७  राजी टोल नजिल रहेको बबई सिंचाइ  आयोजनाको नहरको पुलमुनि बालकको शब फेला  परेको थियो ।

बुधबार घरबाट खेल्न निस्किएका बालकको शब बिहिबार पुलमुनि फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपारले बताए । उनले  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सुझावित समाचार