भक्तपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका– २ शिक्षा विभागनजिक सडकमा बा.२क १२८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भक्तपुर सानोथिमी बस्ने सिराहा विष्णुपुर गाउँपालिका– ४ घर भएका मनकुमार यादवको छोरा पाँच वर्षीय आरव यादवको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रकचालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।