‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डुडटकमकी सरला सुवेदीलाई प्रदान गरिएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार काठमाडौंमा पुरस्कार वितरण समारोह आयोजना गर्दै सुवेदीलाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको हो । यस्तै, ५० हजार राशिकै ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ टक्सार म्यागजिनका रविबहादुर थापालाई प्रदान गरिएको छ।
यो दुई पुरस्कारका लागि नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनसँग सहकार्य गर्दै आएको छ। पुरस्कार वितरण समारोहमा फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्र पुर्याएको योगदानको चर्चा गरिन् । यो पुरस्कारले आर्थिक पत्रकारितालाई थप प्रोत्साहन गर्ने उनको भनाइ छ।
यस्तै, ५० हजार रुपैयाँ राशिको निर्जीवन बिमा व्यवसायी संघ–नाफिज बिमा पत्रकारिता पुरस्कारु रेडियो सगरमाथाकी उर्वशी बस्न्यातलाई प्रदान गरिएको छ । यो पुरस्कारका लागि नाफिजले निर्जीवन बिमा व्यवसायी संघसँग सहकार्य गर्दै आएको छ। कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र मल्लले यो पुरस्कारले पत्रकारलाई बिमा पत्रकारितामा थप प्रोत्साहन मिल्ने बताए । यस्तै, उनले बिमा क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा पनि जोड दिए।
नाफिजले यी तीनवटै पुरस्कार खुुला प्रतिस्पर्धामार्फत प्रदान गरेको हो । जुरी कमिटीका सदस्य तथा नाफिज सल्लाहकार राजेन्द्र रिमालले प्राप्त आवेदनका आधारमा आज विशेष समारोहबिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटै पुरस्कार प्रदान गरेका हुन्। नाफिजले यही अवसरमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालसँगको सहकार्यमा बजेट र मौद्रिक नीति समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेको छ।