प्रदर्शनकारीविरुद्ध दमनको आदेश दिएको अडियो हसिनाकै भएको बिबिसीको दाबी

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

बिबिसीले प्राप्त गरेको एक अडियो रेकर्डिङले बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले गतवर्ष विरोध प्रदर्शनमाथि घातक कारबाहीको आदेश दिएको संकेत गरेको छ । गत वर्ष जुलाई र अगस्टमा भएको विशाल प्रदर्शनविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुँदा एक हजार चार सय मानिस मारिएका थिए ।

पछि सेनाले हसिनाको साथ छाडेपछि ७७ वर्षीया हसिना सत्ता छाडेर छिमेकी भारत पलायन भएकी थिइन् । हसिनाको अनुपस्थितिमा गत जुन १ मा ढाकामा उनीविरुद्ध मानवताविरोधी काम गरेको अपराधको मुद्दा सुरु भएको छ ।

बिबिसीले अनुसन्धान टोलीमार्फत हसिनाको भनिएको अडियोको विश्लेषण गरेको थियो । सन् २०२४ जुलाई १८ को उक्त रेकर्डिङमा हसिनाको भनिएको आवाजले सुरक्षा फौजलाई प्रदर्शनकारीविरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ र ‘जहाँ भेटियो, त्यहीँ गोली हान्ने’ अधिकार दिएको सुनिन्छ ।

बिबिसीले फरेन्सिक विशेषज्ञले अडियोमा भाषण सम्पादन वा हेरफेर गरिएको कुनै प्रमाण फेला नपारेको बताएको छ । बंगलादेश प्रहरीले पनि अडियोलाई हसिनाको प्रमाणित रेकर्डिङ भएको बताएको छ । अब यो अडियो हसिनामाथि मानवताविरुद्धको मुद्दा दायर गरेका अभियोजन पक्षको मुख्य प्रमाणको आधार बनेको छ । 

See More On

सुझावित समाचार