असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विधेयक

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

सत्तारूढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ । 

बुधबारको प्रतिनिधिसभाका लागि तय गरिएको सम्भावित कार्यसूचीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । तर, कांग्रेसले असहमति जनाएपछि अहिले आएको कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहान भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सहमति जुटाएर मात्र अघि बढाउनुपर्ने बताएका थिए ।

सुझावित समाचार