स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ । आफ्नो अन्तिम खेलमा उज्वेकिस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो । टाइब्रेकरमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन् ।

नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

सुझावित समाचार