खैरो हेरोइन र दुई लाख ८६ हजारसहित दुईजना पक्राउ

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– ११ मा खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान–११, पडरियाका २८ वर्षीय मिथिलेश चौधरी र २४ वर्षीय राजनन्दन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए। 

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको संयुक्त टोलीले मिथिलेशको साथबाट प्लास्टिकमा प्याक गरिएको ११३.९१ ग्राम खैरो हेरोइन (प्लास्टिकबाहेक १०९ ग्राम), ७३१० रुपैयाँ र मोबाइल एक थान तथा घरको दराजबाट थप दुई लाख ७५ हजार तीन सय नेपाली रुपैयाँ र भारु एक हजार २५० रुपैयाँ, सुनको तिलहरी एक थान, नेकलेस एक थान, डिजिटल तराजु एक थान र प्लास्टिक काट्ने कैँची एक थान बरामद गरिएको डिएसपी पासवानले बताए।

यस्तै, सोही ठाउँ बस्ने नन्दनको साथबाट खैरो हेरोइन प्लास्टिकसहित १०.७१ ग्राम (प्लास्टिकबाहेक ९.६१ ग्राम), नगद दुई हजार एक सय र मोबाइल एक थान बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए।

पक्राउ गरिएका दुवैजनालाई लागुऔषधअन्तर्गतको कसुरमा जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार