लागुऔषध गाँजासहित एकजना पक्राउ

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिका– १, लाबरबोटेबाट लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ताप्लेजुङ मौवाखोला गाउँपालिका– ६ का ४१ वर्षीय बुद्धिमान गुरुङलाई ६ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए । 

भोजपुरबाट धरानतर्फ जाँदै गरेको को.१ख ७२४० नम्बरको यात्रुवाहक बसलाई मूलघाटमा रोकी प्रहरीले चेकजाँच गर्ने क्रममा गुरुङले बोकेको जेब्रा झोलामा ६ केजी गाँजा फेला परेको थियो । लागुऔषध गाँजा फेला परेसँगै गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।
 

See More On

सुझावित समाचार