त्रिभुवन विमानस्थलबाट पाँच किलो गाँजासहित भारतीय नागरिक पक्राउ

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोभन्दा धेरै अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट पाँच किलो ३० ग्राम गाँजासहित भारतीय नागरिक ३१ वर्षीय मोहम्मद इसा काक्किरिचल पुथियापुराइल मंगलबार दिउँसो पक्राउ परेका हुन्।

विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट गाँजा फेला पारी पक्राउ गरेको  हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार