चन्द्र भण्डारी भन्छन्– सांसदलाई समेत ढाँट्ने र किर्ते गर्नेले यो मुलुक कति ठगे होलान् ?

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सांसदलाई समेत ढाँट्ने र किर्ते गर्नेले यो मुलुक कति ठगे होलान् भनेर प्रश्न गरेका छन् ।

कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न संसद्को राज्य व्यवस्था समितिमा सर्वसम्मति भए पनि समिति सभापति रामहरि खतिवडाको प्रत्यक्ष चलखेलमा वरिष्ठ प्रशासकहरूका स्वार्थ संघीय निजामती सेवा विधेयकमा घुसाएर प्रतिनिधिसभाबाट पारित गरिएपछि उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदमा सांसदलाई समेत ढाँट्ने, छल्ने र किर्ते गर्ने गरेपछि ! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ?’ कहाँबाट गल्ती भएको छ ? 

यस्तो अक्षम्य ठुलो अपराधको कारबाही इतिहास बन्ने गरी बन्नुपर्नेमा उनको जोड छ । ‘कति ठुलो छलछाम ! दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्छ । के–के देख्नु, भोग्नु र सुन्नुपर्ने हो ? योभन्दा ठुलाे लज्जा केही पनि हुँदैन।’

सुझावित समाचार