डिपी अर्यालको प्रश्न– काम गरेर खानेहरूले चोरेर खानेलाई जवाफ दिँदै हिँड्नुपर्ने ?

‘राजनीतिलाई पेसा बनाएर राज्य दोहन गर्नेले आफ्नो व्यवसाय गर्नेलाई आरोप लगाए’

आइतबार, १५ असार, २०८२
डिजिटल संस्करण

रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिनुपर्ने समय आएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले भने, ‘हामीले कस्तो समाज निर्माण गर्याैँ र गर्दै छौँ– काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने।’

शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले अर्यालको नाम नलिई ‘सुमिरे टुर एन्ड ट्राभल्स’ले भिजिट भिसामा विदेश पठाउँदै आएको बताएका थिए।

आइतबार उनलाई जवाफ दिँदै अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्धको आन्दोलनलाई विषयान्तर गर्ने गरी निराधार आरोप लगाइएको बताए। उनले भने, ‘राजनीतिलाई पेसा बनाएर वर्षौंदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा–व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन्।’
 

सुझावित समाचार