रवि लामिछानेको पक्षमा कांग्रेसका महाधिवेशन प्रतिनिधिले गरे हस्ताक्षर

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले पनि हस्ताक्षर गरेका छन्।

बारा क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि सुनील गाउँलेले शुक्रबार हस्ताक्षर गरेका हुन्। लामिछानेविरुद्ध सिंगो राज्यशक्ति नै लागेकाले त्यसविरुद्धको हस्ताक्षर अभियानमा आफूले  ऐक्यबद्धता जनाएको उनले बताए। 

रास्वपाले लामिछानेको पक्षमा देशैभरि हस्ताक्षर अभियान चलाएको छ। रास्वपाको काठमाडौं जिल्ला कमिटीले शनिबार न्युरोडको गणेशमन्दिर, टंगाल र इन्द्रचोकमा हस्ताक्षर अभियान तथा घरदैलो कार्यक्रम गर्ने भएको छ । 
 

सुझावित समाचार