असार १३ सम्म १२.३३ प्रतिशत रोपाइँ सम्पन्न

देशभर १३ लाख ९५ हजार हेक्टर जमिनमा रोपाईं हुने अनुमान

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

देशभर  असार १३ गतेसम्म १२.३३ प्रतिशत रोपाइँ भएको छ। असार १५ मा हुने धान दिवसको पूर्वसन्ध्यामा कृषि विभागले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । विभागका महानिर्देशक प्रकाश सन्जेलका अनुसार कोशीमा ५.९६ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै, बागमतीमा २०.५३, गण्डकीमा १३.७३, लुम्बिनीमा ९.६६, कर्णालीमा २०.११, सुदूरपश्चिममा ४५.४९ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशको भने तथ्यांक आइनसकेको विभागको भनाइ छ । यो वर्ष देशभर १३ लाख ९५ हजार हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको विभागले जनाएको छ । 

See More On

सुझावित समाचार