‘म्यानमारमा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिनेछ’

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

म्यानमारको जुन्ता प्रमुख मिन आङ ह्लाइङले यही वर्षको अन्त्य (डिसेम्बर) वा आगामी वर्षको सुरुसम्म निर्वाचन गर्ने योजना बनाएको बताएका छन् । सन् २०२१ मा म्यानमारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएको हो । म्यानमारको सरकारी पत्रिका ‘द ग्लोबल न्यू लाइट अफ म्यानमार’का अनुसार जुन्ता प्रमुखले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा यस्तो घोषणा गरेका थिए । 

जुन्ता सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडि सारेको हो । तर, पर्यवेक्षकले भने पूर्ववर्ती सरकारका अधिकांश सदस्य थुनामा रहेको, विपक्षी समूहले मतदान बहिष्कार गर्ने सम्भावना रहेको र धेरैको धेरै भाग विद्रोहीको नियन्त्रणमा रहेकाले जुन्ता सरकारले निष्पक्ष निर्वाचन गराउन सक्नेमा शंका व्यक्त गरेका छन् ।

निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि सैन्य सरकार र प्रजातन्त्र पक्षधरबिच गृहयुद्ध सुरु भएको छ । त्यसबाहेक कैयौँ जातीय समूहले पनि दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन् । 
 

See More On

सुझावित समाचार