इरानको सरकारी टिभी र रेडियो लक्षित आक्रमण गर्दै इजरायल

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण


इजरायलली सेनाले इरानको सरकारी टेलिभिजन र रेडियोलक्षित आक्रमण गर्न लागेको इजरायली रक्षामन्त्रीले बताएका छन्। 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार इरानको सरकारी टेलिभिजन र रेडियोलक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने बताएका छन्। ‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ,’ उनले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन जारी गरिएको छ।’ 

इजरायली सेनाले सोमबार राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ।

खाली गर्न भनिएको क्षेत्र इरानी राजधानीको एक घना क्षेत्र हो। यहाँ कम्तीमा चारवटा अस्पताल र स्वास्थ्य केन्द्र, एक प्रमुख पुलिस भवन र सरकारी प्रसारणकर्ता आइआरआइबी रहेका छन्। 

यसमा कतार, ओमान र कुवेतका दूतावासका साथै संयुक्त राष्ट्रसंघका कार्यालय र एजेन्सी फ्रान्स–प्रेस ब्युरो (एएफपी) को कार्यालय पनि छ।

सोमबार इजरायली सेनाले तेहरानमाथिको आकाशमा पूर्णरूपमा हवाई नियन्त्रण हाँसिल गरेको बताएको थियो । 

सुझावित समाचार