केही दिनयता अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ। मंगलबार सूचना जारी गर्दै गाउँपालिकाले दुई दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ।
बुधबार र बिहीबारका लागि विद्यालय बिदा दिने गाउँपालिकाले जनाएको हो। गर्मीले पठनपाठनमा समस्या आएका कारण विद्यालयको पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए।
केही दिनयता तराईका जिल्लामा अध्यधिक गर्मी बढेको छ। गर्मीका कारण जनजीवन प्रभावित भएको छ।
