सवारी ज्यान मुद्दाका कसुरदार केसी एक वर्षपछि पक्राउ

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका बढैयाताल गाउँपालिका– ८, दैलेखी टोलका २१ वर्षीय घनश्याम केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

सवारी ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले ८ जेठ ०८१ मा केसीलाई एक वर्ष कैद सजाय, दुई हजार जरिवानाको फैसला गरेको थियो । केसी एक वर्षदेखि फरार थिए । 

सवारी ज्यान मुद्दामा कसुरदार रहेका केसीलाई घरमा लुकिछिपी रहेको अवस्थामा फैसला भएको एक वर्षपछि प्रहरीले पक्राउ गरेको हो । केसीलाई जिल्ला अदालत बर्दियाका बुझाएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए ।
 

सुझावित समाचार