गौरको कार्यक्रम बिचैमा छाडेर काठमाडौं लागे माधव नेपाल

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौरको कार्यक्रम बिचमै छाडेर काठमाडौं लागेका छन्।

गौरमा आयोजित पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रमलाई बिचैमा छाडेर केहीबेर अगाडि नेपाल काठमाडौंतिर लागेका हुन्। कार्यक्रम भइरहेका वेला मुद्दा दायर भएको सार्वजनिक भएपछि नेपाल रौतहटको गौरबाट हुलाकी राजमार्ग हुँदै सिमरा गएका हुन्। ४ः३० बजे प्लेनबाट नेपाल काठमाडौं उड्ने उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए।

सुझावित समाचार