माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारद्वारा सभामुखलाई जानकारी

बिहिबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध पतञ्जली जग्गा हिनामिनामा विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी सभामुखलाई गराएको छ। सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार अख्तियारबाट भर्खरै मुद्दा दर्ताको पत्र प्राप्त भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सुझावित समाचार