वर्षाले नेदरल्यान्ड्ससँगको खेल रोकियो

बुधबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्सबिचको खेल रोकिएको छ। ४७औँ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ४७.३ ओभरको खेल सकिँदा सात विकेटको क्षतिमा २१९ रन जोडेको छ। नेपालका लागि करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए।

सुझावित समाचार