सुनचाँदीको मूल्य बढ्यो

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

सोमबार सुनचाँदीको मूल्य बढेको छ। तोलामा एक हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । 

सुझावित समाचार