एमालेले बोलायो संसदीय दलको बैठक

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

सत्तारूढ एमालेले संसदीय दलको बैठक बोलाएको छ ।  भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा अवरोध, मंगलबारदेखि प्रारम्भ हुने आगामी बजेटमाथिको छलफललगायत समसामयिक विषयमा छलफल गर्न दिउँसो १ बजे बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए । 

‘समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे नेकपा एमाले संसदीय दलको बैठक लोत्से हल बानेश्वरमा बस्न गइरहेको जानकारी गराउन  चाहन्छु,’ बर्तौलाले भने ।

सुझावित समाचार