गृह र रक्षा मन्त्रालयको बजेट बढ्यो

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयको बजेट बढाएको छ। 

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि गृहको बजेट नौ अर्ब ४० करोड बृद्धि भएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि दुई खर्ब ८ अर्ब ६२ करोड रुपैयँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षका लागि  १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरिएको थियो। 

त्यस्तै, रक्षा मन्त्रालयको पनि दुई अर्ब १४ करोड रुपैयाँ बढेको छ। आर्थिक वर्ष ०८२/८३ मा रक्षा मन्त्रालयका लागि ६२ अर्ब एक करोड रुपैयाँ छुट्याइएको  छ। चालू आर्थिक वर्षका लागि ५९ अर्ब ८७ करोड बजेट थियो। 
 

सुझावित समाचार