स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट साढे नौ अर्ब वृद्धि भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।
स्वास्थ्यका लागि छुट्याइएको बजेट अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा भन्दा नौ अर्ब ५७ करोड धेरै हो । गत आर्थिक वर्षमा ८६ अर्ब २४ करोड विनियोजन भएको थियो ।