भारतको अयोध्याबाट छुटेको  ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुग्यो

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

जनकपुरधाम । भारतको अयोध्याबाट छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुगेको छ ।

भारतको अयोध्याबाट आएको एक्सप्रेस रेलको स्वागतका लागि यतिवेला जनकपुरधाममा स्थानीयको बाक्लो उपस्थिति रहेको छ ।सर्वसाधारणहरूले नेपाल र भारतको राष्ट्रिय झन्डा बोकेर स्वागत गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलको उद्घाटन गरिएको थियो । दुई देशका प्रधानमन्त्रीले अयोध्या–जनकपुर रेलसेवाको उद्घाटन गरेका थिए ।

यससँगै ‘सरयू–कमला एक्सप्रेस’ रेल अयोध्याबाट हिजो नै जनकपुरधाम प्रस्थान गरेको थियो ।  जुन मंगलबार बिहान जनकपुर आइपुगेको हो । 

null

null

null

null

null

null

सुझावित समाचार