प्रहरीको सरुवालाई पूर्वानुमानयोग्य बनाउने तयारी

सोमबार, ७ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ प्रहरीको सरुवालाई पूर्वानुमानयोग्य बनाउने गरी गृहकार्य अघि बढेको छ। यसका लागि पूर्वानुमान सूची प्रकाशन गर्ने तयारी छ। 

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले यसका लागि डिआइजी राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा समिति गठन गरेका छन्। राय सुझाव दिनका लागि समिति गठन गरिएको हो। 

सरुवालाई पुर्वानुमानयोग्य र पारदर्शी बनाउने उद्देश्यले सो समिति गठन गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। 

प्रहरीमा दुई महिनादेखि नियमित सरुवा रोकिएको छ। नयाँ प्रहरी नेतृत्वले सरुवा प्रक्रिया अघि बढाउन लागेको छ। पूर्वानुमान सूची प्रकाशन गरेर मात्र सरुवा निकाल्ने गृहकार्य भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। 

सुझावित समाचार