आफू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को डिएसपी हुँ भन्दै प्रभावमा पारेर ८ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ परेका छन्। भक्तपुरको सूर्यविनायक–२, बालकोट बस्ने ४१ वर्षीय अनिल थापालाई सिआइबीले मंगलबार पक्राउ गरेको हो।
उनले बलात्कार मुद्दा मिलाइदिने भन्दै एक व्यक्तिसँग ८ लाख ४० हजार रुपैयाँ असुलेका थिए। थापा २०७५ सालमा पनि ठगी मुद्दामा पक्राउ परेका व्यक्ति भएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए।