बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका– २ काँडाकोटमा भएको जिप दुर्घटनामा परी नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणका प्रमुख लोक बहादुर खड्का, चालक कर्ण महत र बडिमालिका– ७ ढम्कनेका रवि धामीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिका– २ का २४ वर्षीय नन्दबहादुर तिरुवा र सोही वडाका अन्दाजी वर्ष २० का लोकेन्द्र तिरुवा घाइते भएका छन्। जगन्नाथ गाउँपालिकाले घाइते दुईको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पठाएको जगन्नाथ गाउँपालिकामा कार्यरत कर्मचारी राजेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
बा.५च २२०९ नम्बरको जिपमा सवार नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुखसहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको वेला सडकबाट करिब १२ मिटर तल खसेको प्रहरीले जनाएको छ ।