१७ जेठमा कान्तिपुर हाफ म्याराथन

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

१३औँ कान्तिपुर हाफ म्याराथन १७ जेठमा हुने भएको छ । म्याराथनमा महिला र पुरुष दुवैतर्फ समान चार विधामा दौड हुने कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँरले बताए । हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ । अन्य तीन विधामा कलेज रन सात किमि, कर्पोरेट एन्ड सेलेब रन पाँच किमि र ह्विलचेयर रेस तीन किमिको हुनेछ । 

सिइओ स्वाँरका अनुसार सबै विधामा गरी दुई हजार पाँच सयभन्दा बढीको सहभागिता रहनेछ । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही एक लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार र तेस्रो हुने धावकले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँ जित्नेछन् । 

पुरुषतर्फ हरिकुमार रिमालको एक घण्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड रहेको छ । महिलातर्फ कान्छीमाया कोजूको नाममा एक घण्टा १९ मिनेट २२ सेकेन्डको कोर्स रेकर्ड छ । दुवैले सातौँ संस्करणमा रेकर्ड राखेका थिए । आर्मीका दीपक अधिकारी र पुलिसकी राजपुरा पछाईले गत वर्षको हाफ म्याराथन जितेका थिए । 

सुझावित समाचार