एमालेले गणतन्त्र दिवसमा देशैभर उत्सव मनाउने

काठमाडौंमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

सत्तारूढ दल एमालेले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आगामी १५ जेठलाई देशैभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आइतबारको बैठकले त्यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार त्यस दिन ७५३ वटै पालिकामा विशेष कार्यक्रम गर्न तथा काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित उत्सवका रूपमा कार्यक्रम आयोजना गर्ने संयोजनको जिम्मेवारी नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघलाई दिइएको छ ।

महासचिव पोखरेलले जनतालाई सबल र सुदृढ बनाउने लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि नेकपा एमालेलाई स्वीकार्य नहुने चेतावनी पनि दिए ।

सुझावित समाचार