स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाई ४ समूहमा विभाजन गरी लिग चरणअन्तर्गत १ दिनमा ३ देखि ४ खेल खेलाइनेछ।
प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको इन्ट्रिफी १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा स्व. डम्बर धामीको स्मृतिमा खेलाइँदै छ। डढेल्धुराको धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा स्वर्गारोहण भएको थियो। उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटना भएको थियो।
प्रतियोगिताको समूह एमा हिस्ट इन्जिनियरिङ कलेज, कान्तिपुर इन्टरनेसनल कलेज र एक्मे इन्जिनियरिङ कलेज छन्। समूह बिमा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी र कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी छन्।
यस्तै, समूह सीमा कान्तिपुर सिटी कलेज, कलेज अफ आइटी एन्ड इन्जिनियरिङ र हिलसाइड कलेज अफ इन्जिनियरिङ छन्। यसैगरी, समूह डीमा कान्तिपुर इन्जिनियरिङ कलेज, पशुपति मल्टिपल क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पस छन्।
प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा समूहको हिस्टविरुद्ध कान्तिपुर इन्टरनेसनल कलेजले प्रतिस्पर्धा गर्नेछ। यस्तै, दोस्रो खेलमा कान्तिपुर सिटी कलेज र हिलसाइडबिच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, तेस्रो खेलमा कान्तिपुर इन्जिनियरिङ कलेजले पशुपति क्याम्पसको सामना गर्नेछ।
स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
१ हप्ता अघि
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
२ हप्ता अघि
सुझावित समाचार
अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने
काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने …
कर्णाली याक्सबाट खेल्न डेभिड मिलर काठमाडौं आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर काठमाडौं आइपुगेका छन् । ब…
आठ विकेटको जितसँगै लुम्बिनी शीर्ष स्थानमा
- साबिक विजेता लुम्बिनी लायन्सले मंगलबार पोखरा एजेन्जर्सलाई आठ विकेटले हराउँदै तेस्रो एनपिएलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिवि…
रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको सनसनीपूर्ण जित
जनकपुरलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । वेस्ट इन्डिजका विश्वप्रसिद्ध अलराउन्डर रसेलले १० रन खर्चेर दुई विकेट लिँदै वि…
पोखराविरुद्ध लुम्बिनीको सहज जित
काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले ८ विकेटकाे स…
पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य
काठमाडौं/ तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सा…