पौडीपोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न महानगरको निर्देशन

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण
पौडीपोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न महानगरको निर्देशन

बालाजु बाइसधारा उद्यानमा शुक्रबार घुम्न आएका सर्वसाधारण

काठमाडौं महानगरपालिकाले बालाजु पौडीपोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इन्डोर पोखरी बनाउन निर्देशन दिएको छ।

आज शुक्रबार उपप्रमुख सुनिता डंगाेलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएकी हुन्। पौडीपोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

‘पुनर्निर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो,’ पुनर्निर्माण कार्यबारे जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘पौडीपोखरीकाे गहिराइ तीन फिटदेखि १० फिटसम्म छ। पोखरी पुनर्निर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ।’

See More On

सुझावित समाचार