साँगुरीगढी र चौबिसे च्याम्पियन

सोमबार, २२ बैशाख, २०८२
डिजिटल संस्करण

चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले धनकुटामा आयोजना भएको भलिबल उत्सवको उपाधि जितेका छन् । चौबिसेले पुरुष तथा साँगुरीगढीले महिलातर्फको उपाधि उचाले ।

दुवैले समान ५० हजार प्राप्त गरेका छन् । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा चौबिसले पाख्रीबास नगरपालिकालाई ३–१ ले पराजित गर्यो । चौबिसेले २५–२०, २५–२०, २५–२१ र २५–२१ ले खेल जितेको हो ।

महिलातर्फ साँगुरीगढीले सहिदभूमि गाउँपालिकालाई ३–० को सोझो सेटमा हरायो । टोली २५–२१, २५–२२ र २५–१४ ले विजयी भएको हो । उपविजेता पाख्रीबास र सहिदभूमिले समान ३० हजार प्राप्त गरेका छन् ।

विजेता र उपविजेता टिम तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई, कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई, जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

जिल्ला भलिबल संघ धनकुटाको आयोजनामा आयोजित भलिबल उत्सवमा वडास्तरीय पुरुष भलिबलतर्फ २० टिम र पालिकास्तरीय महिला भलिबलतर्फ ६ टिम सहभागी थिए । 
 

See More On

सुझावित समाचार