वार्ताको लागि शिक्षक महासंघको टोली शिक्षा मन्त्रालयमा

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

शिक्षक महासंघको टोली वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि महासंघका अध्यक्ष, सहअध्यक्षलगायतको टोली वार्ताको लागि मन्त्रालय पुगेको हो।

वार्ता भर्खर सुरु भएको महासंघका महासचिव तुलबहादुर थापाले जानकारी दिए। उनका अनुसार आन्तरिक बैठक सकिएपछि सरकारसँगको वार्तामा महासंघको टोली पुगेको हो।

सोमबार बिहान र राति दुईपटकसम्म शिक्षक महासंघका प्रतिनिधि वार्तामा बसे पनि ठोस निर्णय हुन सकेन। तर, शिक्षामन्त्री पन्तले भने वार्ता सकारात्मक रहेको र सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका थिए।
 

सुझावित समाचार