अदालतमा विचाराधीन विषयमा नबोल्न गगन थापालाई सर्वाेच्चको आदेश

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने निर्णय गरेको थियो ।

केही दिनअघि एक कार्यक्रममा काँग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । 

साथै सर्वाेच्चले अदालतमा विचाराधिन विषयमा अभिव्यक्ति नदिन पनि नेता थापालाई आदेश गरेको छ। 
नेता थापाले संवैधानिक नियुक्तिसम्बन्धि मुद्दामा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना मुद्दा दायर भएको हो। 

सुझावित समाचार